कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
इराकका प्रधानमन्त्री अमेरिकाका राष्ट्रपति जो बाइडनसँग चर्चाका लागि ह्वाइट हाउस पुगेका छन् ।
यसैबीच अमेरिकाले इराकबाट सबै अमेरिकी सैन्यबल फिर्ता गर्ने घोषणा गरेको छ । अमेरिका इराक रणनीतिक वार्ताअन्तर्गत यस वर्षको अन्त्यसम्ममा इराकका सबै सैनिकलाई फिर्ता बोलाइने अमेरिकाको भनाइ छ ।
यस घोषणाले दुईवटा महत्त्वपूर्ण प्रश्न जन्माएको छ । यसले इराकको धरातलीय यथार्थमा कस्तो असर पार्नेछ ? यसले इराकमा इस्लामिक स्टेट फिर्ता हुने अवस्था आउला ?
केही वर्षअघि इस्लामिक स्टेटले पश्चिम एसिया र लिभान्टमा आतंक मच्चाएको थियो । यस उग्रवादी संगठनमा विश्वका विभिन्न भागका मुसलमानहरू गएर जोडिएका थिए ।
इराकमा अमेरिकाले आक्रमण गरेको १८ वर्षपछि अहिले त्यहाँ जम्मा २५ सय सैनिक छन् । त्यसबाहेक इस्लामिक स्टेटसँग लड्ने विशेष सैन्य दस्ताको एक सानो गोप्य टुकडी छ । त्यसको जानकारी सार्वजनिक गरिएको छैन ।
इराकमा आक्रमण गरेपछि अमेरिकाका एक लाख ६० हजार सैनिकहरूले कब्जा जमाएका थिए । अहिले तीमध्ये २५ सय मात्र सैनिक छन् र तीनवटा अड्डामा सीमित छन् । तिनीहरूमाथि इरानसमर्थित मिलिसियाले रकेट र ड्रोनमार्फत आक्रमण गरिरहन्छन् ।
अहिले इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी सैन्यबललाई प्रशिक्षित गर्छन् । इराकी सैनिकहरू देशमा इस्लामिक स्टेट जिहादीहरूविरुद्ध लडिरहेका छन् ।
इरानसमर्थित नेता र मिलिसियाहरू अमेरिकीलाई इराकबाहिर गएको देख्न चाहन्छन् । विशेषगरी इरानको रिभोल्युसनरी गार्डको कुद्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानी र शीर्ष शिया मिलिसिया कमान्डरलाई बग्दाद विमानस्थलमा अमेरिकाले हत्या गरेपछि इरानीहरूमा यो भावना प्रबल बनेको हो ।
इराकमा तटस्थ व्यक्तिहरू पनि विदेशी सैनिक हटेको हेर्न चाहन्छन् किनकि यसमा भावना पनि जोडिएको छ ।
अमेरिकामा पनि धेरैजना इराकबाट सैनिक फिर्ता ल्याउने विषयमा सहज अनुभव गर्छन् । तर यसो गर्दा इराक इरानको नियन्त्रणमा पुग्ने डर उनीहरूलाई छ ।
अमेरिकाले लामो समयदेखि आफूलाई पश्चिम एसियाबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।
अफगानिस्तानबाट पनि अमेरिका द्रुत गतिमा निस्किरहेको छ । अमेरिका र उसका सहयोगी मुलुकहरू एसिया प्रशान्त क्षेत्र र दक्षिण चीन सागरमा ध्यान केन्द्रित गरिरहेका छन् । त्यहाँ चीनको बढ्दो प्रभावलाई रोक्ने उनीहरूको ध्येय हो ।
अमेरिका इराकबाट फर्किंदै गर्दा त्यहाँ इस्लामिक स्टेट पुनः उदय हुने जोखिम छ ।
तर इस्लामिक स्टेटको हारपछि अमेरिका र बेलायतले इराकी सैन्यबलहरूलाई प्रशिक्षण दिन समय र प्रयास खर्च गरेका छन् । नेटोको समर्थनमा इराकी सैन्य बलहरूको प्रशिक्षण जारी रहनेछ । अहिले उग्रवादीहरूको सामना गर्न इराकी सैन्यबल पहिलाभन्दा बढी तयार छ ।
त्यसैले गर्दा पनि इस्लामिक स्टेटका नेताहरू अफ्रिका र अफगानिस्तानमा ध्यान केन्द्रित गरिरहेका छन् । उनीहरू सरकारको कमजोर उपस्थिति भएको ठाउँमा नियन्त्रण कायम गर्न चाहन्छन् । अरब देशहरूमा प्रशिक्षित र हतियारबाट सुसज्जित सैन्यबलसँग लड्नुको साटो उनीहरू कमजोर शान्तिव्यवस्था भएको मुलुकमा आकर्षित भइरहेका छन् ।
इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजमा आबद्ध बेलायती सेनाका पूर्व अधिकारी ब्रिगेडियर बेन ब्यारीका अनुसार, इराकी सैन्यबल इस्लामिक स्टेटको आक्रमण रोक्न समर्थ छ ।
तर इराकमा सुन्नीहरूको राजनीतिक समस्या समाधान नभएमा हिंसाको मूल कारण जीवित रहनेछ ।
इराकको परिस्थितिको दूरगामी परिणाम इरानका लागि फाइदाजनक छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि नै इरानले आफूवरपरका मुलुकहरूबाट अमेरिकी सैनिकहरूलाई हटाएर क्षेत्रको महाशक्ति बन्ने सपना पालेको छ ।
इरानलाई खाडीका अरब देशहरूमा केही सफलता प्राप्त भएको छ । त्यहाँ कम्तीमा ६ देशमा अमेरिकी सैनिकहरूको उपस्थिति छ र अमेरिकी जलसेनाको फिफ्थ फुलीटको केन्द्रीय कार्यालय बहराइनमा छ ।
सन् २००३ मा अमेरिकाले इराकको सत्ताबाट सुद्दाम हुसैनलाई अपदस्थ गरेपछि इरानको सबभन्दा ठूलो अवरोधक पन्छिएको थियो । त्यसपछि नै इरानले सत्ता र शक्तिको विस्तार गरिरहेको छ ।
इरानले इराकको सेनामा आफ्ना समर्थक शिया लडाकूहरूलाई भर्ती गरेको छ । इराकी संसदमा पनि इरानसमर्थकहरू छन् । इरानका समर्थकहरूले इराकी संसदमा सशक्त आवाज राख्ने गरेका छन् ।
सिरियामा चलिरहेको गृहयुद्धमा पनि इरानले सैन्य उपस्थिति बढाउने मौका पाएको छ । छिमेकी मुलुक लेबनानमा इरानसमर्थित हिज्बुल्लाह सबभन्दा ठूलो शक्ति बनेको छ ।
इरानले लामो खेल खेलिरहेको छ । पश्चिम एसियामा खुला र आन्तरिक दबाबको रणनीतिमा काम गरिरहेमा अमेरिकी सेना सक्रिय नरहने सोच इरानी नेताहरूमा छ ।
इरानसमर्थित मिलिसियाले अमेरिकी सैन्य अड्डामा लगातार रकेट आक्रमण गर्ने गरेका छन् । इरानले आफ्ना नागरिकलाई पनि अमेरिकी सैनिकको उपस्थितिविरुद्ध प्रदर्शन गर्न प्रेरित गर्ने गरेको छ ।
इराकबाट अमेरिकी सैनिकहरू फिर्ता जाने निर्णयलाई इरानीहरूले सही कदम मानिरहेका छन् ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...