२७ जेठ २०८३, बुधबार

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

कात्तिक २०, २०७४
तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

 

चेन्नई, २१ मंसिर – तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार राती निधन भएको उपचाररत अस्पतालले पुष्टि गरेको छ । ६८ वर्षीया उनको उपचारको क्रममा निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको हो ।

Chennai: Tamil Nadu Chief Minister J Jayalalithaa during the 70th Independence Day function at Fort St George in Chennai on Monday. PTI Photo by R Senthil Kumar (PTI8_15_2016_000240B)

जयललिता २२ सेम्टेम्बरमा ज्वरोले थलिएपछि सो अस्पताल भर्ना भएकी थिइन् भने उनलाई आइतबार हृदयघात हुन पुगेपछि अवस्था जटिल बनेको थियो ।
एपोलो अस्पतालले जयललिताको सोमबार राती ११ः३० बजे निधन भएको बताएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

सन् १९४८ मा जन्मिएकी जयललिता फिल्म क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनलाई तममिलनाडुकी ‘अम्मा’को उपमा दिइँदै आएको थियो
उनको निधनमा सरकारले मंगलबार सरकारी बिदाको घोषणा गरेको छ । उनको पार्थिव शरीर अहिले तमिलनाडुको राजाजी हलमा अन्तिम श्रद्धाजलीको लागि राखिएको छ ।
उनको निधनमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रम नरेन्द्र मोदीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनको आज साँझ मरिना बीचमा अन्त्येष्टि गरिने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्