२३ जेठ २०८३, शनिबार

माओवादीका केन्द्रीय सल्लाहकारलाई भित्र्याउँदै ओलीले भने, ‘एमाले १ नम्बर बन्छ’

कात्तिक २०, २०७४
माओवादीका केन्द्रीय सल्लाहकारलाई भित्र्याउँदै ओलीले भने, ‘एमाले १ नम्बर बन्छ’

काठमाडौं, २७ जेठ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट आफ्नो पार्टी १ नम्बर हुने बताएका छन् ।

एमाले २ नम्बर प्रदेशमा नराम्ररी हार्ने भनेर हल्ला चलाइएको भन्दै ओलीले ती सबै हावा कुरा भएको बताए । शनिबार पार्टी मुख्यालय काठमाडौंको धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही ठाउँमा एमालेलाई बलजफ्ती हराइएको र केही ठाउँमा हराउन खोजिएको पनि बताए ।

अध्यक्ष ओलीले एमाले संसदमा मात्रै प्रमुख प्रतिपक्षी दल भएको भन्दै स्थानीय तहमा एमालेले नै सरकार चलाउने बताए ।

‘अरु सबै प्रदेशमा एमालेले जितेपछि २ मा जित्दैन भन्ने जुन भ्रम छ त्यो हुन सक्दैन,’ ओलीले भने ।

मैथली साहित्यका हस्ती मानिने रमेश रञ्जन झालाई ओलीले शनिबार एमालेमा प्रवेश गराएका छन् । उनी यसअघि माओवादीका केन्द्रीय सल्लाहकार थिए ।

यस्तै प्रभु नारायण यादव नेतृत्वमा रहेको क्रान्तिकारी पार्टी पनि एमालेमा विलय भएको छ

salt training

कमेन्ट गर्नुहोस्