×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको खोपमा सांसदको चासो, कूटनीतिक प्रयास थाल्न सुझाव

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभाका सदस्यहरूले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभाको मंगलवारको विशेष समयमा उनीहरूले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरूलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिइन् ।


Advertisment
Nabil box
Kumari

देशका विभिन्न भागमा बाढीपहिरोबाट पीडित भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरिन् । निर्मला पन्तलाई चाँडो न्याय दिन उनले माग गरिन् ।

Vianet communication
Laxmi Bank

नेकपा एमालेकी सांसद विमला घिमिरेले संसद्मा आरोप–प्रत्यारोपको राजनीति त्यागेर महामारी नियन्त्रण र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरिन् । सोही दलका अगमप्रसाद वान्तवा राईले सरकारले भूमिहीनका पक्षमा काम गर्नुपर्नेमा जोड दिए भने सांसद तुलसाकुमारी दाहालले कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिइन् ।

नेकपा माओवादी केन्द्रका मायाप्रसाद शर्माले सबै राजनीतिक दल र जनताको प्रयासबाट देशमा परिवर्तन भएको यथार्थ सुनाउँदै संविधान संरक्षण र गणतन्त्रको संस्थागत विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले सुनाए । नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले सरकारले खोप खरिदका लागि गरेको निर्णयको स्वागत गर्दै समयमै सबैलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सुझाव दिए ।

सांसद विमला राई पौडेलले मुलुक संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताउँदै सर्वोच्च अदालतको फैसला भोलिका लागि नजिर बन्ने र त्यसबारेमा विस्तृत छलफल गरिनुपर्ने विचार व्यक्त गरे ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले ओली सरकारले थालेका विकास निर्माणका योजनालाई निरन्तरता दिन सरकारसँग माग गरे भने सोही दलकी दीपा गुरुङले चुनौतीपूर्ण अवस्थामा रहेको गठबन्धन सरकारले जनाताका समस्या समाधान गर्नेमा शंका व्यक्त गरिन् ।

नेकपा एमालेकी सांसद नैनकला ओझाले जनादेशबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका राम्रा कामलाई प्राथमिकता दिन सरकारसँग माग गरिन् । अर्का सांसद सुमित्रा विसीले देशभर महिला हिंसाका घटना बढेकामा दोषीलाई कारबाहीको माग गरिन् ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई घरमै सामाजिक भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसका सांसद दृगनारायण पाण्डेयले सरकारले पहिलो प्राथमिकतामा कोभिड–१९ खोपलाई राख्न सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x