१६ असार २०८३, मंगलबार

आधारभूत अस्पतालका लागि डीपीआर पेश गर्न ६५५ स्थानीय तहलाई आग्रह

साउन १२, २०७८
आधारभूत अस्पतालका लागि डीपीआर पेश गर्न ६५५ स्थानीय तहलाई आग्रह
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डीपीआर) पठाउन आग्रह गरेको छ । 

मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डीपीआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो । 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा गुणराज लोहनीले ती स्थानीय तहमा अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गरी पठाउन निर्देशन दिइएको जानकारी दिए ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/२०७८ मा ३९६ स्थानीय तह र आव २०७८/२०७९ मा २५९ स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । ३९६ स्थानीय तहबाट अहिलेसम्म जग्गाको उपलब्धता, डीपीआर र बोलपत्र सम्झौता भई नसकेको र २५९ स्थानीय तहको लागि जग्गाको सुनिश्चितता, डीपीआर तयार गरी पेश गर्न मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि नपठाएको उनले बताए ।

मन्त्रालयले डीपीआर पेश गरेका मात्र स्थानीय तहलाई बजेट विनियोजना गरिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्