२१ जेठ २०८३, बिहीबार

चीन र अमेरिकाबीचको सम्बन्ध झन् झन् बिग्रँदै

साउन १३, २०७८
चीन र अमेरिकाबीचको सम्बन्ध झन् झन् बिग्रँदै

अमरिका र चीनबीच चलिरहेको तिक्तता झनै खराब हुँदै गइरहेको छ । 

अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले थ्यानचिनमा चीनका परराष्ट्र राज्यमन्त्री सिए फङको वचन सुन्नुपरेको छ । गत मार्च महिनामा चीनका शीर्ष अधिकारी र बाइडन प्रशासनका शीर्ष अधिकारीबीचको वार्तामा पनि बाझाबाझ भएको थियो । 

चीनको परराष्ट्र मन्त्रालयका अनुसार, सिएले चीनलाई दानवीकरण गर्ने अभियानका लागि अमेरिकी सरकार र समाज नै लागिपरेको र त्यसैमार्फत राष्ट्रिय उद्देश्यलाई जगाउन खोजेको आरोप लगाए । 

अमेरिकी प्रतिनिधिमण्डललाई कडा कुरा सुनाउनु चिनियाँहरूको आन्तरिक राजनीतिका लागि लाभदायक कुरा हो र राष्ट्रपति सी चिनपिङको उग्रराष्ट्रवादी रणनीतिअनुकूल पनि छ । 

अमेरिकाका नयाँ राष्ट्रपतिले पनि चीनप्रति कठोर दृष्टिकोण नै अपनाएपछि दुई देशको कूटनीतिक सम्बन्ध बिग्रँदै गएको छ । 

अमेरिका र उसका साझेदारहरूले हालैको समयमा चीनविरुद्ध साइबर ह्याकिङको आरोप लगाएका छन्, हङकङमा दमन गरेको र उइगुर मुसलमान अल्पसंख्यकहरूमाथि ज्यादती गरेको आरोप लगाएका छन् अनि ताइवानमा चिनियाँ सेनाले दबाब दिएको बताएका छन् । 

अमेरिकाकाले शीतयुद्धकालीन समय जस्तै गरी रेड फोन लगायत सञ्चार प्रणाली राख्न खोजेको छ । चीन र अमेरिकाको भिडन्त नियन्त्रणबाहिर गएमा शीर्ष तहमा चेतावनी प्रणालीको व्यवस्था गर्ने सोच अमेरिकाको छ । 

तर यही वर्ष इटलीमा हुन लागेको जी२० शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी चिनपिङबीच अनौपचारिक संघर्षविराम हुन पनि सक्छ । 

तर दुई देशबीचको सम्बन्धलाई भिडन्तको स्थितिमा पुर्‍याउन खोज्ने तत्त्वहरू झन् झन् सक्रिय बन्दै गएका छन् । वाशिङटन र बेइजिङबीचको सम्बन्ध यति धेरै यसअघि बिग्रिएको थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्