ताजिकिस्तानका राष्ट्रपतिका तीनजना भान्जाहरूले देशका स्वास्थ्यमन्त्रीलाई नराम्ररी कुटपिट गरेका छन् ।
उनीहरूकी आमाको मृत्यु कोभिडका कारण भएपछि उनीहरूले यस्तो काम गरेका हुन् ।
गत साता मंगलवार स्वास्थ्यमन्त्री जमोलिद्दीन अब्दुल्लोजोदा र अन्य अधिकारीहरूमाथि आक्रमण गरिएको रेडियो फ्री युरोपले सोमवार खबर दिएको हो ।
उक्त रेडियोलाई नाम नखुलाउने शर्तमा स्रोतहरूले बताएअनुसार, राष्ट्रपतिको स्वास्थ्य केन्द्रका प्रमुख खोलमुहम्मद रहिमजोदा र अन्य स्वास्थ्य अधिकारी तथा चिकित्सकहरूमाथि पनि आक्रमण गरिएको थियो ।
रहिमजोदा र अन्य पनि आक्रमणमा गम्भीर घाइते भएको स्रोतहरूले बताए ।
ताजिक राष्ट्रपति इमोमाली रहमानोभाको मृत्यु कोभिडका कारण भएको हो । देशको उच्चस्तरीय अस्पतालमा १० दिनसम्म भर्ना गरिएकी उनको त्यहीँ मृत्यु भएको हो ।
आक्रमणको घटनाको प्रारम्भिक अनुसन्धान शुरू गरिएको बताइएको छ ।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री शोडिखोन जमशेदले आक्रमण भएको भन्ने खबरलाई खारेज गरे ।
स्वास्थ्यमन्त्री अब्दुल्लोजोदा उक्त पत्रकार सम्मेलनमा उपस्थित थिएनन् र उनको अनुपस्थितिको कुनै कारण दिइएन ।