१२ असार २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा ८५९ सँगै देशभर थपिए ३८४० कोरोना संक्रमित

काठमाडौं उपत्यकामा ८५९ सँगै देशभर थपिए ३८४० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै देशभर जम्मा संक्रमितको संख्या सात लाख ४६ हजार ६५७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना  छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । 

यस्तै थप ३३ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७९१ पुगेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्