२१ असार २०८३, आइतबार

प्रिमियर स्टीलः ३६ एम एममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी

प्रिमियर स्टीलः ३६ एम एममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी

३६ एम एमसमु्ह (क्याटोगरी)मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । 

३६ एम एमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । 

यस अघि ३० एम एम को छड छिमेकीमुलुकभारतबाट वाअन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा निर्माण कार्यलाई केहीआपूर्तिमा ढिलाइ हुन सक्दथ्यो ।

अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ । 

प्रिमियर स्टीलले एफई ५००, एफई ५००डी ग्रेडेड टीएमटी रेबार, टोर्करी स्टिल, बाइन्डिङ वायर तथा एसडब्ल्यूजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ । 

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।  

“हामीले प्रिमियमबिलेटहरुको मात्रप्रयोग गरेर त्ःत् बार उत्पादनगर्दै आएको छौं, यसले गर्दा हाम्राउत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितताप्रदान गर्न सक्षमभएका छन् । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनियसको एकज्वलन्त प्रमाण हो । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदाहाम्राउत्पादनहरु सधै उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथबारको डायमिटर सधैं एकनासकोप्राप्त गर्न सकिन्छ,” प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्