३० असार २०८३, मंगलबार

ओलम्पिकमा जलपरी गौरिकाको राष्ट्रिय कीर्तिमान

साउन १३, २०७८
ओलम्पिकमा जलपरी गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा बुधवार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १०० मिटर फ्री स्टाइलमा उनले १ घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा ४ जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरिन् । यसअघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । 

ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्