
लमजुङमा एचआईभी संक्रमितको संख्या वृद्धि हुन थालेको छ ।
वैदेशिक रोजगार, असुरक्षित यौनसम्पर्क , यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्क लगायतका कारणले जिल्लामा एचआईभी एड्स संक्रमित मानिसको संख्या बढ्न थालेको हो ।
नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआईभी एड्स रोकथाम प्रयास गरे पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा ८ जना नयाँ संक्रमित थपिएका छन् । ४ महिला र ४ पुरुष गरी ८ नयाँ संक्रमित थपिएसँगै जिल्लामा ११८ एचआईभी एड्स संक्रमितको संख्या पुगेको बताइएको छ ।
यी संक्रमितमध्ये ५५ महिला, ५३ पुरुष र ५ बालबालिका रहेका छन् । यी सबै जनाले बेंसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआरटी परामर्शदाता गणेश गुरुङले बताए ।