×

NMB BANK
NIC ASIA

बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री शुरू, कति पर्छ मूल्य ?

साउन १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको विक्री सुरु गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटोजगतमा दमदार उपस्थिति जनाइसकेको छ । 


Advertisment
Nabil box
Kumari

‘स्कोडा कुशाक हाम्रा लागि निकै महत्वपूर्ण छ । कुशाकमार्फत हामी यो गतिशितल अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं । यो एसयुभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो । त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयुभी हो,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ । यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’

Vianet communication
Laxmi Bank

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो । 

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नुहुनेछ । 

नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । 

स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टिफंक्सन स्टेरिङ छ । 

यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ । 

त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ । 

नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ जसले इन्टरनेशनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ । 

३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।

नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ । यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ । एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन रहेको छ । 

यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ । कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्नेछ । 

यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा युएसबी सी पोर्ट हुनेछ । स्टाइल ट्रिममा वायरलेस चार्जर समेत रहेको छ । कुशाकमा एअर केयर फंक्सनसहितको टच कन्ट्रोल्ड क्लाइमेट्रोनिक पनि रहेको छ ।

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ । 

यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर यसमा छन् । 

नेपाली बजारमा कुशकको मूल्य : 

भेरियन्ट    मूल्य (नेरु)
एक्टिभ एमटी    ४९,९०,०००
एम्बिसन एमटी    ५३,९०,०००
एम्बिसन एटी    ५८,९०,०००
स्टाइल एमटी     ६०,९०,०००
स्टाइल एटी    ६५,९०,०००

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x