०८ असार २०८३, सोमबार

विद्यार्थी नेतालाई आक्रमण गर्नेमाथि कारबाही गर्न नेविसंघको माग

साउन १४, २०७८
विद्यार्थी नेतालाई आक्रमण गर्नेमाथि कारबाही गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । 

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले बिहीवार एक विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्‍याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

‘विद्यार्थी संगठनको भूमिका समग्र विद्यार्थीको हकअधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरू असुरक्षित हुनु दुःखद कुरा हो,’ अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसंघले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्