
सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् ।
होटल व्यवसायी सङ्घ सुर्खेतले आज कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।
कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गारख रावतले जानकारी दिए ।