
नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए ।