०७ साउन २०८३, बिहीबार

कोरोना निको भएपछि कपाल झर्ने समस्या किन देखिन्छ ?

साउन १५, २०७८
कोरोना निको भएपछि कपाल झर्ने समस्या किन देखिन्छ ?
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमण निको भइसक्दा पनि कतिपयमा विभिन्न समस्या देखिने गरेका छन् । जसमध्ये एक हो – कपाल झर्ने समस्या ।

भारतको नयाँदिल्लीस्थित कैयौ अस्पतालमा कोरोना निको भएपछि कपाल झर्ने समस्या लिएर बिरामी आइरहेका चिकित्सकले जनाएका छन् । दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका कस्मेटिक तथा प्लास्टिक सर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शाहीन नूरेजदानले कपाल झर्ने समस्या लिएर आउने बिरामीको संख्या दोब्बर बढेको बताए । ‘यसमा पोस्ट कोभिड नै प्रमुख कारण रहेको छ । पौष्टिक आहारामा कमी, तौलमा अचानक परिवर्तन, हार्माेनमा गडबडी र भिटामिन डी र बीको कमीले कोरोना संक्रमणपछि कपाल झर्ने समस्या देखिन्छ,’ डा. शाहीन भने ।

प्लास्टिक सर्जरीका वरिष्ठ सल्लाहकार डा. कुलदीप सिंहले कोरोना संक्रमणपछि कपाल झर्नु अस्थायी भएको बताए । कोरोनाका क्रममा रुघाखोकी र अन्य लक्षणबाट पीडित भएपछि शरीरमा लागेको झड्काले कपाल झर्ने सिंहको भनाई छ । 

कोरोना निको भएको ६–८ हप्तापछि कपाल झर्ने समस्या देखिने चिकित्सकले जनाएका भारतीय सञ्चारमाध्यममा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्