कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
भारतको पूर्वोत्तरका दुई राज्य असम र मिजोरमबीच चलिरहेको सीमाविवाद शान्त हुने लक्षण देखिएको छैन ।
बिहीवार असमले आफ्नो सीमा नजिकको करीमगंजमा केही बंकर भेटेको र ती बंकरहरू मिजो अतिक्रमणकारीहरूले बनाएको दाबी गरेको छ ।
असमले सीमामा ठूलो संख्यामा सुरक्षाबल तैनाथ पनि गरेको छ ।
मिजोरमले बिहीवार केन्द्र सरकारलाई लामो पत्र लेखेको छ । त्यसमा अहिलेको परिस्थितिमा अशान्ति भड्किने चेतावनी दिइएको छ । विगत दुई दिनमा मिजोरमले पठाएको यो तेस्रो पत्र हो ।
असमले बिहीवार अबेर राति सुरक्षाबलहरूले भूबिरबन्द क्षेत्रमा बंकर फेला पारेको दाबी गरेको छ । मिजोरमबाट आएकाहरूले घुसपैठ गरेको बताइएको छ ।
केही वर्षअघि पनि भूबिरबन्द क्षेत्रमा मिजोरमले अतिक्रमण गरेर ठूलो इलाका कब्जा गरेको बताइएको छ ।
करीमगंजका एसपी पद्मनाभ बरुआले परिस्थिति नियन्त्रणमा रहेको बताए । सतर्क भएर स्थितिलाई निगरानी गरिरहेको जानकारी उनले दिए ।
भारतमा बेलायती उपनिवेशले निर्धारण गरेको सीमाको विवाद अहिलेसम्म पनि चलिरहेको हो ।
बुधवार मिजोरमका गृहसचिव अजय कुमार भल्लाले पत्र लेखेर बराक उपत्यकामा असमले लगाएको आर्थिक नाकाबन्दी अन्त्य गर्न भनेको छ । त्यसको जवाफ दिँदै बिहीवार असमले कुनै किसिमको नाकाबन्दी नगरेको बताएको छ ।
कछारकी एसपी रमनदीप कौरले ट्रकचालक तथा खाद्यान्न व्यापारीहरूले सोमवार झडप गरेपछि मिजोरमको आपूर्ति स्वेच्छाले बन्द गरिएको जानकारी दिइन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...