एमालेले खीर खुवाउने

नेकपा एमालेले आज पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको छ । 

एमालेले पार्टीको मुख्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्तासहित सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गरिएको छ । 


Advertisement

आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताको लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

खीर खुवाउने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनि सहभागी हुने बताइएको छ । 


Advertisement

खीर खुवाउने कार्यक्रम आज दिउँसो २ बजेदेखि ३ बजेसम्म चल्ने तामाङले बताए । 

नेपाली किसानहरूले साउन १५ मा खीर खाने सामाजिक परम्परा छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्