१२ असार २०८३, शुक्रबार

बहुमूल्य धर्मग्रन्थ हो भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ

बहुमूल्य धर्मग्रन्थ हो भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ

बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ हो भन्दै नगद ठगी गर्ने  दुई जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३०, मैतीदेवी बस्ने सप्तरीका ४७ वर्षीय प्रशान्तप्रताप सिंह र काठमाडौं महानगरपालिका-८, मृगस्थली बस्ने दाङका ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगर रहेको प्रहरीले जनाएको छ । 

उनीहरूले दुई जनालाई चार करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेको र  पैसा नपुगेकाले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस् भनेर १५ लाख पाँच हजार रूपैयाँ ठगी गरेको जाहेरीका आधारमा  उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्