भारतको पश्चिम बंगालमा रहेको कालिम्पोङमा अविरल वर्षापछि पहिरो जाँदा एकजना आप्रवासी मजदूरको मृत्यु भएको छ भने दुई अन्य व्यक्ति हराइरहेका छन् ।
अधिकारीहरूका अनुसार, मृतक अधबैंसे मजदूरको रांग्पो नजिक सेवोके–रांग्पो रेलवे परियोजनामा रातिको ड्ुटी गरिरहेको बेलामा शिविरमा पहिरो र पत्थरहरू खसेर मृत्यु भएको थियो ।
उक्त शिविरमा रहेका अन्य दुई मजदूरहरू हराइरहेका छन् । उद्धारकार्यमा कठिनाइ आएको छ किनकि मुसलधारे पानी थामिएको छैन ।
पहिरो र पत्थरका कारण सिक्किम र दार्जीलिङका केही भागलाई जोड्ने नेसनल हाइवे १० अवरुद्ध भएको छ ।
बाटो छेकिएकाले कैयौं वाहनहरू रोकिएका छन् । भूपरिवेष्ठित असमलाई खानेकुरा तथा अन्य अत्यावश्यक वस्तु पुर्याउने ट्रकहरू समेत रोकिएका छन् ।