
प्रहरीले एक वर्षमा दुई अर्ब ९० करोड राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा अवैध सुन, चाँदी, मुद्रा, सामान, काठ, अदालती फैसला, ट्राफिक कारवाहीलगायतबाट दुई अर्ब ९० करोड ९७ लाख १३ हजार ९३२ राजश्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रहरीले पछिल्लो तीन आर्थिक वर्षको तुलनामा ३३.६१ प्रतिशत बढी राजश्व उठाएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब १७ करोड ७६ लाख रूपैयाँ उठाएको थियो भने २०७५/७६ मा दुई अर्ब ४० करोड ४९ लाख रूपैयाँ राजश्व संकलन गरेको थियो ।
गएको आर्थिक वर्षमा सबैभन्दा धेरै ट्राफिक कारवाहीबाट राजश्व संकलन गरेको छ । एक अर्ब १६ करोड ३५ लाख १४ हजार ९०० रूपैयाँ राजश्व संकलन भएको थियो । सीमा नाकाबाट अवैध रुपमा भित्रिने सामानबाट प्रहरीले ८५ करोड ५५ लाख ५१ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै अवैध सुनबाट २७ करोड, १५ लाख ९१ हजार, अवैध चाँदीबाट ७५ लाख २७ हजार, अवैध मुद्राबाट ७ करोड १ लाख ३५ हजार, काठबाट ३ करोड २३ लाख ८४ हजार, अदालती फैसलाबाट ४८ करोड, ६० लाख ५५ हजार र भीओआइपीबाट १ करोड १७ लाख ५१ हजार रूपैयाँ राजश्व उठाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरी राजश्वको १०.२५ योगदान प्रहरीबाट हुने गरेको छ ।