
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।
यादवको एकल उम्मेदवारी परेको हुँदा निर्विरोध चयन भएको नेता इस्तियाक राईले जानकारी दिए ।
उनका अनुसार प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र यादव थिए ।