
नेपालमा तीन हजार १०६ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ५६ हजार ७३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५१९ वटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप २३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८५७ पुगेको जनाएको छ । यस्तै हालसम्म ६ लाख ५४ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ९१६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै एकै दिन २ लाख ८० हजार ९४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म पहिलो मात्रा ३९ लाख ३६ हजार ७२४ र पूर्ण मात्रा १७ लाख ४५ हजार ९०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।