२८ जेठ २०८३, बिहीबार

तुइन काट्ने एसएसबीमाथि कारबाहीको माग

साउन १७, २०७८
तुइन काट्ने एसएसबीमाथि कारबाहीको माग

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएको भन्दै उक्त घटनामा संलग्न एसएसबीमाथि कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् ।

शुक्रबार विहान ८ बजेतिर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा हतियारसहित एसएसबीको पोशाकमा आएका एसएसबीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय तथा उनीसँगै खलंगा आउन लागेका प्रत्यक्षदर्शीको भनाइ छ । तुइनबाट खसेर धामी बेपत्ता भएको खबरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले पनि पुष्टि गरेका छन् । स्थानीय तथा प्रहरीले धामीकोे खोजी कार्य जारी राखेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्