२९ जेठ २०८३, शुक्रबार

मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला माधव नेपालसँग प्रचण्डको भेट

मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला माधव नेपालसँग प्रचण्डको भेट
फाइल तस्वीर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको समयमा प्रचण्डले नेपालसँग भेटवार्ता गरेका हुन् । 

नेता नेपाललाई भेट्न प्रचण्ड नेपालको निवास कोटेश्वर पुगेका थिए । उनीहरूबीच आइतवार बिहान १० बजेपछि झण्डै एक घण्टा छलफल भएको थियो । प्रचण्डले सरकारमा सहभागिताका लागि नेता नेपालसँग आग्रह गरेका थिए । 

यसअघि प्रचण्डले माओवादी स्थायी कमिटीको बैठकमा नेता नेपाल पक्ष सरकारमा सहभागी हुने दाबी गरेका थिए । 

माधव नेपाल समूहका सांसदहरूको भेलामा मेटमणि चौधरी, विरोध खतिवडालगायतले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला एमाले स्थायी कमिटीको बैठक आइतवार बस्दैछ । 

दिउँसो ३ बजे बस्ने बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने अन्योल छ ।

salt training

कमेन्ट गर्नुहोस्