११ साउन २०८३, सोमबार

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकरहरूको रिट पूर्ण इजलासमा पेशी चढ्यो, आउला अन्तरिम आदेश ?

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकरहरूको रिट पूर्ण इजलासमा पेशी चढ्यो, आउला अन्तरिम आदेश ?

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट पूर्ण इजलासमा पेश भएको छ ।

यसअघि संयुक्त इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठबीच राय बाझिएपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने टुंगो पूर्ण इजलासबाट लगाउन लागिएको हो ।

माछापुच्छ्रे बैंक लि.का तर्फबाट अख्तियार प्राप्त विकास श्रेष्ठ समेतले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुँदा अन्य अवकाश कोषको रकम समेत स्थानान्तरण गर्नुपर्ने, अनिवार्य रूपमा पेन्सन योजनामा सहभागी हुनुपर्ने लगायतका विषयमा असन्तुष्टि जनाउँदै बैंकरहरूले अदालतको ढोका ढक्ढक्याएका हुन् ।

रिटायर्ड हुँदा पेन्सन वा एकमुस्ट रकम लिने दुवै विकल्प उपलब्ध हुनुपर्ने उनीहरूको माग छ ।

 

salt training

कमेन्ट गर्नुहोस्