×

X
Dabur
Nic Asia
Marvel

बागमती प्रदेश : नियमावली नबनेकाले तत्कालै सार्वजनिक यातायातको भाडादर समायोजन गर्न नसकिने

काठमाडाैं | साउन १७, २०७८

फाइल तस्वीर।
TVS INSIDE

बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रदेश सरकारले तत्काल समायोजनमा केही गर्न नसकिने जनाएको हो । नियमावली बनेपछि मात्रै भाडासम्बन्धी काम गर्न सकिने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए । 

संघीय सरकारले नयाँ यातायातसम्बन्धी ऐन ल्याउन सकेको छैन भने प्रदेशले सवारी यातायात व्यवस्थापन ऐन (२०७५) जारी गरेको छ । 

Vianet communication
Maruti inside

सो ऐनको दफा ११० मा भाडा निर्धारण गर्नेसम्बन्धी व्यवस्था भए पनि नियमावली नभएको कारण समायोजन गर्न अप्ठ्यारो रहेको जनाइएको छ ।

यातायात नियमावली नबनेसम्म अहिलेका लागि पुरानो भाडादर यथावत् हुने प्रवक्ता सिंहले बताए । व्यवसायीले कुनै  कारण देखाएर बढी भाडा लिन नहुने उनको भनाइ छ । उनले आफूखुशी बढी भाडा लिएको पाइएमा कानूनबमोजिमको कारवाही हुने बताए । 

व्यवसायीको प्रदेश र केन्द्रीयस्तरका नेतृत्वले भाडा समायोजनको मागसहित छलफलमा आएको प्रवक्ता सिंहले बताए । 

अहिले नियमावलीको मस्यौदा बन्ने क्रममा रहेकाले तत्कालै केही गर्न नसकिने उनको भनाइ छ । 

केन्द्रको निर्णयलाई आधार मानेर प्रदेशले भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीको भए पनि केन्द्रको समायोजन लामो रुटको हुने र प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश ऐनका आधारमा निर्णय गर्नसक्ने उनले बताए । 

तत्कालीन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको गुनासो गरे । 

हरेक आर्थिक वर्षमा कर वृद्धि भइरहे पनि भाडा समायोजन गर्नुपर्‍यो भन्दा नियमावली बनेको छैन भन्ने किसिमको सरकारको जवाफ आउने गरेको उनको भनाइ छ ।

TATA Below
NLIC
साउन २३, २०७९

आइतवार सार्वजनिक भएको तलबमान लागू नभए पनि आफूहरूको आन्दोलन नरोकिने नायब सुब्बाहरूले चेतावनी दिएका छन् । संघीय निजामति ऐन संशोधन नभएसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको अडान छ । ‘तलबमानको विषय मात्...

साउन २४, २०७९

प्रतिनिधि सभाको बैठक आज (मंगलवार) बस्दैछ ।  बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।  बैठकमा विभिन्न कार्यसूची तय गरिएको छ ।  बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्या...

साउन २४, २०७९

बुटवल, साउन २४ । बुटवलको मुख्य बजार अन्तर्गत राजमार्ग चौराहा– चिडियाखोला सडक खण्ड । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले सवारी देख्न नसकिने अवस्था ।  वर्षायाम शुरू भए यता सानो पानी पर्दा सम...

साउन २४, २०७९

नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक(डीएसपी) हरुको सरुवा गरेको हो ।  तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको ...

साउन २३, २०७९

यही साउन १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा ४ जना मृत फेला परे । घटनाको अनुसन्धान गर्दै जाँदा घरमूली ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र २ छोराछोरीको हत्या गरी आत्महत्या गरेको खुल्यो ।...

साउन २४, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्य...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x