३१ जेठ २०८३, आइतबार

पुजारीलाई छक्याउँदै छिन्नमस्ता मन्दिरको मुकुट चोरी

साउन १७, २०७८
पुजारीलाई छक्याउँदै छिन्नमस्ता मन्दिरको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ ।

    साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।

    यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्