३० जेठ २०८३, शनिबार

ट्रायल परीक्षा खुलेसँगै नयाँ नियम

साउन १८, २०७८
ट्रायल परीक्षा खुलेसँगै नयाँ नियम

साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले  नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । हाल विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ । सुधारिएको प्रणालीअन्तर्गत अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइने व्यवस्था छ । जसमा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइनेछ । त्यसका आधारमा जम्मा ७० अंक ल्याउनेले ट्रायल पास गर्नेछन् ।राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्