३० जेठ २०८३, शनिबार

फरक रङ र स्वादको गोलभेडा उत्पादन, माग ह्वात्तै बढ्यो

साउन १८, २०७८
फरक रङ र स्वादको गोलभेडा उत्पादन, माग ह्वात्तै बढ्यो

फरक  जातको  गोलभेँडा  उत्पादन  सुरु  गरेका उत्तरी  मकवानपुरको  थाहा  नगरका  युवालाई  मागअनुसार  आपूर्ति  गर्न धौधौ  छ। 

गोलभेँडा  पारखीका  लागि  सलादमा  प्रयोग  हुने  फरक  रङ, स्वाद र आकारका चेरी गोलभेँडा उत्पादन गरी अनलाइनबाटै बिक्रीको व्यवस्था गरेपछि माग बढेको हो।विदेशबाट प्राप्त कृषिसम्बन्धी ज्ञान र सीपलाई सदुपयोग गर्दै थाहा नगरपालिका–६,  वज्रवाराहीका  सशिन  कर्माचार्यसहितका  युवाको  कृषि फार्ममा उत्पादित अधिकांश गोलभेँडा अहिले अनलाइनबाट काठमाडौँमा बिक्री हुने गरेको छ।

कर्माचार्यसहित पाँच जनाको समूहले एगभानिया एग्रो फार्मको नाममा  थाहा  नगरपालिका–९  स्थित  माझगाउँमा  जग्गा  भाडामा लिएर  गोलभेँडालगायतका  तरकारी  खेती  गर्दै  आएको  खबर गोरखापत्रमा छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्