२३ असार २०८३, मंगलबार

कृष्णनगर भन्सार कार्यालयमा भारतबाट गोली चल्यो, दुई प्रहरी घाइते

कात्तिक २०, २०७४
कृष्णनगर भन्सार कार्यालयमा भारतबाट गोली चल्यो, दुई प्रहरी घाइते
कपिलवस्तु, १४ पुस–कपिलवस्तुको कृष्णनगर भन्सार कार्यलयमा गोली चल्दा दुई जना घाइते भएका छन् । घाइते दुवै जना सशस्त्र प्रहरी हुन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका ६ धन्यनगरमा २४ घण्टे डीउटीमा रहेका प्रहरी हवल्दा मोहन श्रेष्ठ र कर्णबहादुर पुन लाई सवा दिउँसो १ मा भारतबाट गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घाइते मोहन श्रेष्ठको दाहिने हातको औंलाको माझी औंला र पुनको फिर्पातामा गोली लागेको कपिलवस्तु प्रहरीले लोकान्तरलाई जानकारी दिए ।

घाइते प्रहरीको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्