३१ जेठ २०८३, आइतबार

गिल्गिट बाल्टिस्तानलाई अस्थायी प्रान्त बनाउन खोज्दै पाकिस्तान, रिसायो भारत

साउन १८, २०७८
गिल्गिट बाल्टिस्तानलाई अस्थायी प्रान्त बनाउन खोज्दै पाकिस्तान, रिसायो भारत

पाकिस्तानले गिल्गिट बाल्टिस्तानलाई अस्थायी प्रान्तको दर्जा दिने तयारीस्वरूप कानून बनाएको छ । 

यसले भारतलाई रुष्ट बनाएको छ । भारतले जम्मु–कश्मीर र लद्दाखका साथै गिल्गिट बाल्टिस्तान क्षेत्र भारतको अभिन्न अंग भएको पाकिस्तानलाई स्पष्ट पारेको छ । पाकिस्तानले ती क्षेत्रमा अवैध कब्जा गरेकाले तिनमा उसको कुनै अधिकार नभएको भारतको भनाइ छ ।

पाकिस्तानको कानून तथा न्याय मन्त्रालयले प्रस्ताव गरेको नयाँ कानूनअन्तर्गत गिल्गिट बाल्टिस्तान क्षेत्रको निर्वाचन आयोगलाई पाकिस्तानको निर्वाचन आयोगसँग मिसाइनेछ । 

छब्बीसौं संविधान संशोधन विधेयक शीर्षकमा मस्यौदा तयार पारिएको छ । त्यस मस्यौदालाई प्रधानमन्त्री इमरान खानसमक्ष पेश गरिएको छ । जुलाईको पहिलो हप्ता संघीय कानूनमन्त्री फारोग नसीमलाई कानून तयार पार्ने जिम्मेवारी दिइएको थियो । 

पाकिस्तानको संविधान, अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघका विभिन्न प्रस्ताव विशेषगरी कश्मीरका विषयमा जनमतसंग्रह, तुलनात्मक संवैधानिक कानून र स्थानीय कानूनसँग सम्बन्धित प्रस्ताव पढेपछि मस्यौदा विधेयक तयार पारिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्