
बलिउड अभिनेता अक्षय कुमारले चलचित्र ‘बेलबटम’ अगस्ट १९ मा सिनेमाघरमा रिलिज हुने घोषणा गरेका थिए । अहिले उनले अर्को घोषणा गरेका छन् । त्यो हो थ्रीडी । अब दर्शकले थ्रीडीमा ‘बेलबटम’को मजा लिन सक्नेछन् ।
‘बेलबटम’ कोरोना भाइरसको दोस्रो महामारीपछि सिनेमाघरमा रिलिज हुने पहिलो चलचित्र बन्दै छ । साथै यो अक्षयको यस वर्षको पहिलो रिलिज चलचित्र हो ।
‘बेलबटम’ एक स्पाई थ्रिलर चलचित्र हो, जसको कहानी ८० को दशकमा सेट गरिएको छ । यसमा अक्षय कुमार ‘सिक्रेट एजेन्ट’को भूमिकामा देखिनेछन् ।