११ साउन २०८३, सोमबार

अर्थसचिव मरासिनीले सम्हाले कार्यभार, ढुंगानाको बिदाइ

अर्थसचिव मरासिनीले सम्हाले कार्यभार, ढुंगानाको बिदाइ

अर्थसचिव मधुकुमार मरासिनीले कार्यभार सम्हालेका छन् ।

मन्त्रिपरिषद्को निर्णयसँगै अर्थमन्त्रालयको जिम्मेवारी पाएका मरासिनीले सोमवार पदभार ग्रहण गरेका हुन् ।

यसैबीच निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई बिदाइ गरिएको छ । ढुंगानालाई मन्त्री जनार्दन शर्माले बिदाइ गरेका थिए ।

सचिव ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव भएका थिए ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजश्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका थिए । 

खतिवडाकै पालामा अर्थसचिव डा. राजन खनाल अवकाश भएपछि ढुंगाना अर्थसचिव बन्दै पुनः अर्थमन्त्रालयमा  आएका थिए । 

ढुंगानाले पूर्व अर्थमन्त्री खतिवडा र विष्णुप्रसाद पौडेलको कार्यकालमा अर्थसचिवको रुपमा २ वटा र राजश्व सचिवको रुपमा १ वर्ष बजेट निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्