२४ असार २०८३, बुधबार

यस्तो छ महामारी नियन्त्रणबारेको नीतिगत प्रतिबद्धता र कार्ययोजना

यस्तो छ महामारी नियन्त्रणबारेको नीतिगत प्रतिबद्धता र कार्ययोजना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमवार पत्रकार सम्मेलन गर्दै ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ गरेका छन् । 

कार्ययोजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत मसान्तसम्म कोभिड खोप लगाइसक्ने योजना पनि सार्वजनिक गरे । 

नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उनले चैत मसान्तभित्र सबै नेपालीलाई खोप लगाइसक्ने श्रेष्ठको भनाइ छ । 

कार्ययोजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अविलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

हेर्नुहोस् कार्ययोजना

salt training

कमेन्ट गर्नुहोस्