०८ साउन २०८३, शुक्रबार

हेर्न नभ्याइनेमा राखियो महन्थ ठाकुरले दायर गरेको रिट

हेर्न नभ्याइनेमा राखियो महन्थ ठाकुरले दायर गरेको रिट

उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले दिएको जसपाको आधिकारिकताविरुद्धको रिट सर्वोच्च अदालतमा सोमवार हेर्न नभ्याइनेमा राखिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो । 

गत साउन ४ गते जसपाका अर्को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले गरेको उक्त निर्णयलाई बदर गरी कार्यान्वयन नगर्न/ नगराउन माग लिएर रिट निवेदन दिएका थिए ।

दलको आधिकारिकता दिने निर्णयका कारण पार्टी विभाजन हुने तथा नेतृत्वलाई अपुरणीय क्षति हुने भन्दै रिट दायर गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्