१० साउन २०८३, आइतबार

सांसद विमला वलीको विज्ञप्ति : मैले माओवादी रोज्ने कुरा ठीक छैन, अब एमालेमा छु

सांसद विमला वलीको विज्ञप्ति : मैले माओवादी रोज्ने कुरा ठीक छैन, अब एमालेमा छु

केही दिनयता सम्पर्कविहीन भएकी भनिएकी दाङबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको भन्दै विज्ञप्ति निकालेकी छन् ।

उनले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’ 

गत वैशाख १९ गते उनले आफूले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरी जानकारी गराएकी थिइन । उनी नेपालगञ्जमा उपचारमा रहेको बताइएको थियो ।

२०७६ सालको उपनिर्वाचनमा दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट वली निर्वाचित भएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्