२३ असार २०८३, मंगलबार

आफ्नो प्रस्ताव ठाडै अस्वीकार भएपछि राजपा बिच्कियो, चुनाव विथोल्ने गतिविधि आजैदेखि

कात्तिक २०, २०७४
आफ्नो प्रस्ताव ठाडै अस्वीकार भएपछि राजपा बिच्कियो, चुनाव विथोल्ने गतिविधि आजैदेखि

काठमाडौं, २८ जेठ — सत्तारुढ दल र आन्दोलनमा रहेका तराई केन्द्रीत दलको बैठक निश्कर्ष बिहीन भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) आन्दोलनको तयारीमा जुटेको छ । तराई केन्द्रीत दलहरु एकिकरण भएपछि राजपा बनेको हो ।

आइतवार सिंह दरवारमा बसेको बैठकमा राजपाका नेताहरुले सबै क्षेत्रको चुनाव स्थगित गर्न सम्भव नभएमा प्रदेश नम्बर दुईको चुनाव भएपनि सार्नुपर्ने माग गरेका थिए । तर सरकारमा रहेका दलहरुले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । त्यसपछि राजपाले आफूहरु चुनावमा सहभागि नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा जुटेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई आफूले मिलाएर लाने आश्वासन दिएको भएपनि चुनाव स्थगित गर्ने विषयमा कठोर बनेपछि राजपा सरकारसँग् बिच्किएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुली बजारमा अहिले राजपाका नेताहरुको बैठक चलिरहेको छ । उनीहरुले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर चुनाव बहिष्कारको घोषणा गर्दैछन् । राजपाका महासचिव केशव झाले आफूहरु छलफलमा रहेको र आजैदेखि आन्दोलनक कार्यक्रमहरु घोषणा गरिने बताए ।

उनले आजैदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेर हड्ताल सहितका आन्दोलनका कार्यक्रम आयोजना गरिने उनले बताए । प्रधाननमन्त्री देउवाले केही दिन अघि अहिले संबिधान संशोन गर्न नसकिने तर चुनाव पछि सोच्न सकिने बताएका थिए । त्यसपछि राजपा विच्किएको हो ।

राजपाले अहिलेनै संबिधान संशोधन नभएमा आफूहरु चुनावमा भाग लिन नसक्ने बताएको छ । तर सत्तारुढ दल अहिले संशोधनका लागि तयार छैनन् । किनकी प्रमुख विपक्षी एमाले संशोधनको पूर्ण विरोधमा रहेको छ ।
चुनाव पछि संशोधनको विषयमा छलफल सम्म गर्न सकिने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले संबिधान संशोधन गर्ने बेला नभएको बताए ।

पछिल्लो घटनाक्रम हेर्दा ठूला दलहरु राजपालाई पेलेर जान खोजेको देखिएको छ । राजपा चुनावमा सहभागि नभएमा तराईएको एउटा घटक मुलधार राजनीतिबाट बाहिरिने छ । किनकी अर्को स्थानीय निर्वाचन पाँच वर्ष पछि हुने भएकोले उनीहरु समस्यामा परिरहने विश्लेषण गरिएको छ ।

तर उनीहरुले चुनाव विथोल्नको लागि जेपनि गर्न सक्ने भएकोले सरकारी सुरक्षा संयन्त्र चाहिँ शतर्क बनिरहेको छ । राजपाले दीर्घकालिन ममस्या निम्त्याइरहने छ ।


याे पनि,

राजपा चुनावमा नजाने निश्चित, बाँकी रह्यो दीर्घकालिन तनाब ! अब के हुन्छ ?






salt training

कमेन्ट गर्नुहोस्