२० असार २०८३, शनिबार

२ नम्बर प्रदेशमा अपराध बढ्यो

२ नम्बर प्रदेशमा अपराध बढ्यो

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा अपराधको तथ्यांक बढेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कूल ६ हजार ८९३ अपराधका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७/७८ मा ४.४७ प्रतिशतले वृद्धि भई ७ हजार २०१ अपराधका मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा ९३ हत्या, २ खुन डाँका, ३१० ज्यान मार्ने उद्योग, ९ गर्भपतन, ४६७ भवितव्य ज्यानको मुद्दा दर्ता भएका थिए ।

२ नम्बर प्रदेशमा सोही वर्षमा १२८ ज्यान सम्बन्धी, ९० फुटकर ज्यान सम्बन्धी, ९५९ आत्महत्या, १ हजार ५४३ संगठित तथा आर्थिक अपराधको मुद्दा दर्ता भएका थिए । १ हजार ८३२ सामाजिक अपराध, ६१७ महिला तथा बालबालिका सम्बन्धी अपराध, ५३३ सवारी दुर्घटना र ६१८ विविध प्रकृतिका मुद्दा दर्ता भएका थिए ।

त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा ९३ हत्या, २१९ ज्यान मार्ने उद्योग, ११ गर्भपतन, ४८० भवितव्य ज्यानको मुद्दा दर्ता भएका थिए ।

प्रदेशमा सोही वर्षमा १०२ ज्यान सम्बन्धी, ११३ फुटकर ज्यान सम्बन्धी, ८१७ आत्महत्या, १ हजार ३३९ संगठित तथा आर्थिक अपराधको मुद्दा दर्ता भएका थिए । २ हजार १६० सामाजिक अपराध, ४७७ महिला तथा बालबालिका सम्बन्धी अपराध, ४६७ सवारी दुर्घटना र ६१५ विविध प्रकृतिका मुद्दा दर्ता भएका थिए ।  

आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ७२३ जना फरार प्रतिवादी पक्राउ गरिएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ८१३ जना प्रतिवादीलाई पक्राउ गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

अवैध आर्थिक हुण्डी सम्बन्धमा पनि आर्थिक वर्ष २०७७/०७८ मा २० मुद्दा दर्ता भएकोमा ४३ जना पक्राउ गरिएको थियो । उनीहरूसँग कूल ३ करोड ८३ लाख ६७ हजार ६१० रुपैयाँ बरामद गरिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा २७ मुद्दा दर्ता भएकोमा ५४ जना मानिस पक्राउ परेका र उनीहरूसँग ३ करोड १८ लाख १७ हजार १९५ रुपैयाँ बरामद गरिएको थियो ।

लागूऔषध सम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा ६३५ मुद्दा दर्ता भएकोमा ९६२ जना पक्राउ परेका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा ७१४ मुद्दा दर्ता भएकोमा ९९९ जना मानिस पक्राउ परेका थिए । 

२ नम्बर प्रदेशमा हातहतियार मुद्दामा आर्थिक वर्ष २०७६/०७७ मा ७१ थान हतियार बरामद भएकोमा ९२ जना मानिस पक्राउ परेका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा ५३ थान हतियार बरामद भएकोमा ६८ जना मानिस पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्