१९ असार २०८३, शुक्रबार

८० हजारभन्दा बढी तालिम नै नलिई विदेश उडे

साउन १९, २०७८
८० हजारभन्दा बढी तालिम नै नलिई विदेश उडे

सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ । तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं पनि अदक्ष रूपमै जाने गरेको देखाएको छ । जसका कारण उनीहरुको आम्दानी पनि कम हुन्छ, जसको प्रत्यक्ष प्रभाव उनीहरूले पठाउने रेमिट्यान्समा पनि पर्दछ । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्