०९ साउन २०८३, शनिबार

माधव नेपाल र केपी ओलीबीच भेटवार्ताको तयारी भइरहेका बेला प्रचण्डले गरे नेपालसँग छलफल

माधव नेपाल र केपी ओलीबीच भेटवार्ताको तयारी भइरहेका बेला प्रचण्डले गरे नेपालसँग छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलवार भेटवार्ता गरेका छन् । कोटेश्वरस्थित माओवादीका एक कार्यकर्ताको घरमा मंगलवार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । 

नेता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार नै भेटवार्ताको तयारी रहेको एमालेका दोस्रो तहका नेताहरूले बताएका छन् । 

सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको समयमा प्रचण्डले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । 

यसअघि आइतवार माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागि नभए पनि प्रतिनिधि सभाको कार्यकाल पूरै चलोस् भन्नेमा प्रतिबद्ध रहेको ब्रिफिङ गरेका थिए । प्रचण्ड र नेपालबीच लगातार जसो कुरा हुँदै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्