०९ साउन २०८३, शनिबार

कपाल धुने र सुकाउने कस्तो अनौठो तरिका ? (भिडियो सहित)

कात्तिक २०, २०७४
कपाल धुने र सुकाउने कस्तो अनौठो तरिका ? (भिडियो सहित)

सामाजिक सञ्जालमा दिनदिनै अनेकथरी भिडियोहरू अपलोड भइरहेका हुन्छन् । तीमध्ये केही चाहिँ असाध्यै रमाइला हुन्छन् । चीनमा भर्खरै अपलोड गरिएको एक भिडियोले पेट मिचीमिची हाँस्न बाध्य गराउँछ ।


भिडियोमा एक युवकले मोटरसाइकल प्रयोग गरेर कपाल धोइरहेको र सुकाइरहेको देख्न सकिन्छ । चीनको सिचुआन प्रान्तको जियाङमा बनेको यो भिडियोमा तीन युवक देखिन्छन् ।

एक युवक बाइकलाई स्ट्यान्डमा उभ्याएर स्टार्ट गर्छ । बाइकको पछिल्लो पांग्रा तल पानी भरिएको भाँडोमा घुम्छ र यसरी घुम्दा उफ्रिएको पानी अर्को युवकको शिरमा पर्छ ।

तेस्रो युवकले चाहिँ कपाल धुने युवकलाई श्याम्पू लगाउँछ । कपाल धोएपछि उसले त्यो युवकको शिर बाइकको साइलेन्सरअघि पारिदिन्छ । बाइकको तातो धूँवाले युवकको कपाल सुक्छ ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्