०७ असार २०८३, आइतबार

विद्युत् आपूर्ति समस्याले औद्योगिक उत्पादन घट्ने

साउन १९, २०७८
विद्युत् आपूर्ति समस्याले औद्योगिक उत्पादन घट्ने
प्रतिकात्मक तस्वीर

विद्युत् आपूर्ति अनियमित भइरहेकाले उत्पादनमा कटौती गरेको उद्योग व्यवसायीले गुनासो गरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले गुनासो गर्दै नेपाल विद्युत् प्राधिकरणको १ नम्बर प्रदेशका प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी र विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहीवारसँगको छलफलमा कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विद्युत् सम्बन्धी समस्याबारे छलफल गरेका हुन् ।

अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा ३३ केभिएलाइन जडान रहे तापनि हाल विद्युत् आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्युत् आपूर्तिका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगले उत्पादन कटौती गर्न बाध्य भएको समस्या बताए ।

विद्युत् ट्रिपिङ एवं भोल्टेजको अस्थिरताबाट उद्योगका विद्युतीय उपकरणमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर जाने तथा पुनः प्रक्रियामा ल्याउनु पर्ने आदि समस्याबाट उद्योगलाई ठूलो व्ययभार थपिने गरेको जानकारी दिए ।

वर्षायाममा समेत विद्युत् आपूर्तिमा कमी हुने गरेको, मर्मत सम्भारका कार्य सुस्त गतिमा हुने गरेको, विद्युत् प्राधिकरणबाट पूर्व सूचना विनै पटक–पटक विद्युत् कटौती हुने गरेको समस्या विद्यमान रहेको जानकारी दिँदै अध्यक्ष मुन्दडाले विद्युत् आपूर्तिमा हुने गरेका त्यस्ता समस्याका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौको निर्यात प्रभावित भएको र राजस्व समेत गुमिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्