×

NMB BANK
NIC ASIA

छानबिन समिति राति डडेल्धुरा बास बसी आज दार्चुला प्रस्थान : गृहमन्त्री खाँण

साउन १९, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयबाट गठित छानबिन समिति सोमवार राति डडेल्धुरा बास बसी दार्चुलाका लागि प्रस्थान गरेको जानकारी दिएका छन् ।

Muktinath Bank

मंगलवारको प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले भने, ‘साउन १८ गते राति डडेल्धुरा वास बसी आज दार्चुलाको खलंगाका लागि प्रस्थान गरिसक्नुभएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ जनाको छानबिन समिति गठन गरिएको र १० दिनमा प्रतिवेदन बुझाउने समयसीमा तोकिएको मन्त्री खाँणले बताए ।


Advertisment
Nabil box
Kumari

साउन १५ गते बिहान व्यास गाउँपालिका–२ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीको मालघाटबाट बेपत्ता भएका थिए ।

Vianet communication
Laxmi Bank

तत्कालै गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन दार्चुलाबाट सत्यतथ्य सशस्त्र प्रहरी नायव उपरीक्षक वृजसिंह धामी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाँटसहित ३ जनाको टोली स्थलगत खटिएको मन्त्री खाँणले बताए ।

त्यतिबेला घटनास्थल वरिपरि रहेर तुइन तरिसकेका र तर्न बाँकी रहेका व्यक्तिसँग बुझ्ने काम भइरहेको उनले बताए । ‘दार्चुलामा सर्वदलीय बैठक भएको छ,’ उनले भने, ‘खोजतलासको काम भइरहेको छ । जयसिंह धामी भेटिएका छैनन् । बैतडी र कञ्चनपुरमा समेत समन्वय भइरहेको छ ।’

बेपत्ता धामीलाई महाकाली नदीको पूर्वी किनारामा नेपाली सुरक्षाकर्मी र पश्चिमी किनारामा एसएसबीले खोजिरहेको मन्त्री खाँणले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x