१८ असार २०८३, बिहीबार

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

साउन १९, २०७८
लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलवार अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा विपक्षीबाट दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले दिउँसो ३ः४५ बजे पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको लोकान्तरलाई जानकारी दिए ।

माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले जानकारी दिए । ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । 

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले जानकारी दिए ।

सोमवार गठबन्धनले प्रदेश प्रमुखलाई संविधानको १६८(२) अनुसार मिलिजुली नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निवेदन पेश गरेका थिए । 

गत वैशाख १९ गते राजीनामा दिएर पुनः शपथ लिएपछि लुम्बिनीको सत्ता राजनीति उथलपुथल हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्