०२ साउन २०८३, शनिबार

माओवादी सांसदको व्यंग्य- मन्त्री बन्न लाइसेन्स जारी गरौँ, भ्रष्टाचार र कमिसनको दुला थाहा पाएकोलाई राखौँ

माओवादी सांसदको व्यंग्य- मन्त्री बन्न लाइसेन्स जारी गरौँ, भ्रष्टाचार र कमिसनको दुला थाहा पाएकोलाई राखौँ
फाइल तस्वीर।

मन्त्री छान्नका लागि दलहरूलाई सकस परिरहेको समयमा माओवादी केन्द्रका एक सांसदले विभिन्न शर्तसहित मन्त्री बन्नका लागि लाइसेन्स जारी गर्न संसद्‌मा प्रस्ताव गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद गजेन्द्र महतले व्यंग्यात्मक शैलीमा मन्त्रीका लागि लाइसेन्सको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । 

‘समाचारमा आयो मन्त्री चुन्न सकस भयो भनेर अब हामी के गरौ भने एउटा लाइसेन्स जारी गरौँ मन्त्रीको लाइसेन्स ! मन्त्री बन्नका लागि शर्त राखौँ–पार्टी स्थायी कमिटी सदस्य हुनुपर्ने, टन्न पैसा भएको हुनुपर्ने । यो भन्दा अगाडि दुईपटक मन्त्री भएकै हुनुपर्ने । भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने । पार्टी नेतृत्वलाई घुर्की, धाक र धम्की दिन सक्ने । पार्टी गुटमा आबद्ध भएकै हुनुपर्ने । भरसक पति, पति नभए पत्नी त्यो पनि राखौं,’ महतले संसद् बैठकमा भने, ‘नेतृत्वको वरिपरि घुमेर खुशी बनाउने भएको । भ्रष्टाचार र कमिसनको सबै दुला थाहा पाएको, त्यो क्षमता भएको माननीयलाई मन्त्री बनाउने शर्त राखौँ । सदनमा आइराख्न नपर्ने यसो झल्याकझुलुक गरे हुने प्रावधान राखौँ ।’ 

मन्त्रीका आकांक्षी धेरै भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा मन्त्री छान्न सकस भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्