
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् ।
होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणा सहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले खोपको आश्वासन दिएका हुन् ।
हानले मंगलवार जारी गरेको विज्ञप्तिमा कोभिड विरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ ।
अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन बिस्तारै चलायमान हुन थालेकाले यस क्षेत्रमा संलग्न पर्यटन व्यवसायी तथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गरे ।