२५ असार २०८३, बिहीबार

कांग्रेस महाधिवेशनको प्रक्रिया थाल्न पौडेल पक्षको खबरदारी

कांग्रेस महाधिवेशनको प्रक्रिया थाल्न पौडेल पक्षको खबरदारी

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औं महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्ने गरी १४ औं महाधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ ।

मंगलवार पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले विवादित ठाउँमा १३ औं महाधिवेशनको क्रियाशील सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

क्रियाशील सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । व्यक्ति हेरेर नभई विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए ।

उनले भने, ‘जे संविधानले गरेको आधारभूत, संरचनागत सिद्धान्त हो । तदनुरूप क्रियाशील सदस्यता टुंगो लगाउनुपर्छ । जहाँ–जहाँ विवाद भएका छन्, तिनीहरूलाई १३औं महाधिवेशनकै क्रियाशीलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो । विधिवत् ढंगले निश्चित मापदण्डको आधारमा, वैधानिकताको आधारमा गरौं । त्यसमा को पर्छ, पर्दैन, कुन ग्रूपको हो भन्ने नहेरौं । एउटा विधि, पद्धति र प्रक्रियामा हामी संलग्न भयौं भने त्यसले एउटा बाटो निर्माण गर्छ । पार्टीलाई विधिसम्मत् बनाऔं । पार्टीलाई नीतिमुखी बनाऔं, नेतामुखी होइन । पार्टीलाई विचारमुखी बनाऔं, व्यक्तिमुखी होइन ।’

उनले क्रियाशील सदस्य वडाबाट नभई आकाश र पात्तालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्