०८ असार २०८३, सोमबार

मन्त्री र सचिवलाई मुख्यमन्त्रीको यस्तो निर्देशन

मन्त्री र सचिवलाई मुख्यमन्त्रीको यस्तो निर्देशन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।  परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ भन्दै मुख्यमन्त्री राईले जनताले बुझ्ने, देख्ने गरी काम गर्न आफ्नो मन्त्रिपरिषद्का सबै सदस्य एवम् प्रदेश मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् मन्त्रीहरुसँगको कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।
देशमा व्यवस्था परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नआएको भन्दै मुख्यमन्त्री राईले पुरानो मानसिकता त्यागेर काम गर्न समेत सचिवहरुलाई निर्देशन दिए ।
 देश अहिले संघीय शासन प्रणालीमा गए पनि काम गर्ने शैलीमा कुनै परिवतर्नन नआएको भन्दै मुख्यमन्त्री राईले जनतालाई संघीयता बुझाउन किताब पढाएर होइन कामबाट देखाउन, बुझाउन सक्नु पर्नेमा उनको जोड छ ।
कोरोना लगायत संकटकाबीच पनि प्रदेश सरकारले उल्लेख्य काम गरेको मुख्यमन्त्री राईले बताए ।
समयमै बजेट कार्यान्वयनमा जुट्न उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
 अन्तिम चौमासिकमा आएर खर्च गर्ने संस्कारको अन्त्य गर्न आग्रह गर्दे मुख्यमन्त्री राईले पहिलो र दोस्रो चौमासिकबाट खर्च बढाउन आग्रह गरे ।
अनावश्यक चालूखर्च कटौती गर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले बेरुजुजस्ता विषयहरु आउन नहुनेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्