१९ असार २०८३, शुक्रबार

बैंकहरूको पक्षमा सर्वोच्चको फैसला

साउन २०, २०७८
बैंकहरूको पक्षमा सर्वोच्चको फैसला

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंक तथा कर्मचारीहरूले दायर गरेको रिटमा सो आदेश जारी गरेको हो ।

चार दिनको निरन्तरको सुनुवाइपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो । यसअघिको पाँच दिन निरन्तरको सुनुवाइपछि संयुक्त इजलासमा राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा आएको हो । न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएको थियो ।

कर्मचारीले कोषलाई स्वेच्छिक बनाउन माग गरेका थिए । उनीहरूले संविधानअनुसार सम्पत्तिको हकमा राज्यको दाबी नहुने जिकिर गरेका थिए । सरकारी पक्षले भने ऐनअनुसार अनिवार्य हुनुपर्ने दाबी गरेको थियो । अर्थमन्त्री स्तरीय निर्णयबाट तीनवटा सरकारी बैंक कृषि, राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई सामाजिक सुरक्षा कोषमा जानु नपर्ने व्यवस्था मिलाइएको छ । सरकारी बैंकबाहेक अन्य २७ वटा वाणिज्य बैंकलाई भने अनिवार्य सामजिक सुरक्षा कोषमा जानुपर्ने भनिएको छ । जस कारण निजी बैंक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।

निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन् । मुद्दा हालेपछि नेपाल एसबीआई बैंक पनि कोषमा दर्ता भएको छ । २१ वटा बैंकका युनियन र कर्मचारीले अदालतमा मुद्दा लडिरहेका छन् ।

कोषमा कति प्रतिशत रकम जम्मा गर्नुपर्छ ?
कोषमा प्रति कर्मचारी ३१ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ । यसमा १० प्रतिशत कर्मचारीले प्रोभिडेन्ड फन्डका रूपमा जम्मा गर्नुपर्छ भने १ प्रतिशत सामाजिक सुरक्षा करका रूपमा जम्मा गर्नुपर्छ । रोजगारदाताको दर्ताबाट १९ प्रतिशत रकम जम्मा हुन्छ । यसअन्तर्गत प्रोभिडेन्ड फन्डका लागि १० प्रतिशत, ८.३३ प्रतिशत ग्राच्युटी र अतिरिक्त योगदान १.६७ प्रतिशत जम्मा हुन्छ ।

कति कम्पनी छन् कोषमा आबद्धता ?
सामाजिक सुरक्षा कोषका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७ सय २८ कर्मचारी कोषमा आबद्ध भएका छन् । कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो । कोषमा नौवटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन् । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्